कुलमान घिसिङलाइ प्राधिकरण प्रमुख बनाउन माग गर्दै काठमाण्डाैमा प्रदर्शन

बुधबार, भदौ ३१, २०७७
0
125

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा जनस्तरबाट प्रदर्शन भएको छ ।

माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको छ र जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । विभिन्न प्ले-कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका थिए ।

उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो । प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ ।

सरकारका उर्जा मन्त्री प्रधानमन्त्री वैकल्पिक उर्जा कम्पनीहरुलाइ टाट पारेकाे भन्दै कुलमानलाई दोहोर्‍याउन चाहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here