भदौ ३१, काठमाडौं । नेपाल सरकारले लिम्पियधुरा र कालापानी सहितकाे नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको थियाे ।
नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी बताउ । यसअघिका पैसाहरुमा पुरानै नक्सा छापिएका छन् ।
नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु भएकाे र टक्सार विभागलाइ तुरुन्त निर्देशन दिने राष्ट्र बैंक स्राेतले जनाएकाे छ ।






