हत्या आरोपमा चुमनुब्री गाउँपालिका वडा नं. ५ विहीका वडा अध्यक्ष राजा भनिने सोनाम लामा पक्राउ

शुक्रबार, असाेज ९, २०७७
0
189

गोरखा । युवती हत्या गरेको आरोपमा चुमनुब्री गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अन्दाजी ४६ वर्षिय साेनाम लामा पक्राउ परेका छन् । गाउँमा उनलाइ राजा भनेर बोलाउने गरिन्छ । बाटोमा हिँडिरहेका युवतीहरुलाइ जिस्क्याउने क्रममा एक युवतिले छोरी समानका हामीहरुलाइ किन जिस्क्याएको भन्ने क्रममा लामाले कुटेको र युवतीको त्यही मृत्यु भएको गाउँलेहरुले बताएका छन् । घटना केही समय अघि भएको र ढिला गरी खबर प्राप्त भएकाले प्रहरीले विहीबार आरोपी लामालाइ गोरखा ल्याएको छ ।

लामा श्रृँखलाबद्ध अन्य हत्यामा समेत सँलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त क्षेत्रमा आर्थिक लेनदेन र युवतिहरुका विषयलाइ लिएर मानिसहरुको हत्या हुने गरेको त्यस क्षेत्रका जानकारहरु बताउँछन् । कसैसँग रिसिवि भयो भने लामालाइ ५० हजार देखि माथि नगद  दिएर मानिसको हत्या गराउन लगाउने गरेको उक्त क्षेत्रका नागरिकहरुले बताएका छन् । हालसम्म लामाले कति जनाको हत्या गरे भन्ने विषयमा अनुसन्धान थालनी गरेको प्रहरीले बताएको छ ।

यस अघि जिल्लाको पालुङटार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालिका बलत्कार आरोपमा कारागार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here