असाेज ११, गाेरखा । मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका गोरखाको शहिद लखन गाउँपालिका–३ बनौती सन्तोष पोखरेलको परिवारलाई LIC द्वारा २६ लाख ३८ हजार रुपैया रकम भुक्तानी गरिएको छ । मृतकको परिवारलाई एलआइसी इन्स्युरेन्स कम्पनीले बिमा बापतको रकम भुक्तानी गरेको हो । पोखरेलको परिवारलाई एलआईसीले २६ लाख ३८ हजार ८२० रुपैयाँ भूक्तानी गरेको हो ।
पोखरेलले गएको पौष २९ गते तनहुँको आँबुखैरेनीमा रहेको मस्र्याङदी पावरहाउस नजिकै मोटरसाईकल दुर्घटनामा परेर ज्यान गुमाउनु परेकाे थियाे । पाेखरेलले गोरखामा रहेको एलआईसी मार्फत १२ लाख ५० हजारको बिमा गराएका थिए । बिमितको मृत्यु भएकोले मृत्यु दावी भूक्तानी अन्तरगत एलआईसीले उनकी श्रीमती र बुवालाई गरी उत्त रकम भुक्तानी गरेको हो ।
एलआईसीले आफ्नै शाखामा एक कार्यक्रम गर्दै बुवा लवबावु पोखरेल र श्रीमती स्वस्तिका पोखरेल (सापकोटा)लाई चेक हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । कार्यालयले मृत्तकका बुवालाई १६ लाख ५ हजार ८४० रुपैयाँ र श्रीमतीलाई १० लाख ३३ हजार रुपैयाँ भूक्तानी गरेको जनाएको छ । कार्यालयका अनुसार विमितले बिमा गरे पछि १ किस्ता रकम मात्र भूक्तानी गरेका थिए ।






