आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुका लागी वैकल्पिक माध्यमबाट अनलाइन पठनपाठन गर्न क्षमता विकासका लागि अनलाइन सिकाइ व्यवस्थापन प्रणालि सम्वन्धि ५ दिने तालिम आइतवार दिउसो क्याम्पसमा शुरु भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रम्हादत्त तिमल्सेनाले उक्त तालिमको उद्घाटन गर्दै कोभिड–१९ को महामारि शुरु भएपछिका चुनौतिपुर्ण दिनहरुमा सुचना प्रविधिलाइ अपनाएर गरि मोवाइल, ल्यापटप र डेस्कटपको प्रयोग गर्दै पठनपाठन गर्न अनिवार्य भैसकेको हुदा क्याम्पसका सबै प्राध्यापकहरुलाइ सो तालिमको भरपुर फाइदा उठाउन आग्रह गर्नु भएको थियो । सो अवसरमा तालिमको उद्देश्य माथि क्याम्पस प्रमुख महाप्रसाद हडखलेले प्रकाश पार्नु भएको थियो ।
कक्षा ११/१२ का संयोजक चिरन्जिवि वस्नेतको अध्यक्षतामा भएको सो तालिमको उदघाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख आत्मराम वास्तोलाले सहभागिहरुलाइ स्वागत गर्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिनाले तालिमको महत्वका वारेमा वोल्नु भएको थियो । सो तालिममा क्याम्पसका सुचाना तथा सञ्चार प्रविधि विषय समिति प्रमुख इन्जिनियर सुलभ कुमार श्रेष्ठले प्रशिक्षण दिनुहुने छ । तालिममा क्याम्पसका विभिन्न विषयका २४ जना शिक्षकहरु सहभागि रहनु भएको छ । क्यम्पसले सेमेस्टर प्रणालिमा पठनपाठन हुदै आएका स्नातक र स्नातकोत्तर तहका कक्षाहरु कोभिड – १९ को महामारि शुरु भएपछिका दिनहरुमा अनलाइन प्रणालिवाट सञ्चालन गर्दै आइरहेको छ भने कक्षा ११ र १२ का कक्षाहरु भने आगामि असोज १६ गतेवाट अनलाइन प्रणालि र क्याम्पसमै उपस्थित गराएर दुवै तरिकाले सञ्चालन गर्ने तयारी गरिएको छ । कक्षा ११ र १२ को भर्ना कार्यक्रम भने आगामि असोज १५ गते सम्म जारिरहने छ । 






