बालबालिकाहरुलाई घर बसेर सिकाउन सकिने सरल विधि, नेपाल टेलिकमको रु ९९ मा अनलिमिटेड प्याकेज

सोमवार, असाेज १२, २०७७
0
503

असोज १२ गोरखा । कोरोना भाइरस कोविड १९ का कारण बालबालिकाहरु घरमै रहेका छन् । उनीहरुलाई के सिकाउने कसरी सिकाउने भनि अभिभावकहरु अन्यौलमा परिरहेका बेला घरमा बसेर सिकाउन सकिने सरल विधि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धि आकस्मिक कार्यायोजना २०७७ तयार गरेको छ । क्लीक गरेर हेर्नुहोस ।

नेपाल टेलिकम र शिक्षा तथा मानव स्रोत विकास केन्द्र (Cehrd) सँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक वीच सिकाइ सम्पर्क कायम गराउन प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाइ कम्पनीको अयिकभम Closed User Group मा आवद्ध गरी मासिक रु ९९ मा Closed User Group भित्र असिमित कुराकानी गर्नका लागि भ्वाइस सेवा, शिक्षा तथा मानव स्रोत विकास केन्दको वेवसाइट www.learning.cehrd.edu.np चलाउन ५ जिवि डाटा सेवा, एसएमएस सुविधा समेत उपलब्ध गराएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्दको वेबसाइट www.learning.cehrd.edu.np मा कक्षा १ देखि १० सम्मका सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध रहेको छ । हेर्नका लागि यहाँ   क्लिक   गर्नुहाेस ।

कसरी लिने सहुलियत सिमकार्ड

सहुलियत दरको सिम शिक्षक, विद्यार्थी, अभिभावकहरुले सिक्ने, सिकाउने प्रयोजनका लागि प्रयोग गर्न सक्नेछन् । सिम प्राप्त गर्नका लागि शिक्षकका लागि नागरिकता र परिचयपत्रको फोटो कपी, एक प्रति फोटो, विद्यार्थीका लागि परिचयपत्रको फोटोकपी र एक प्रति फोटो, अभिभावकका लागि नागरिकताको फोटोकपी , एकप्रति फोटो लिएर नजिकैको टेलिकम कार्यालयमा जानुपर्दछ ।

विद्यालयमा निशुल्क इन्टरनेट जोड्ने तरिका

शिक्षा तथा मानव स्रोत विकास केन्दले इन्टरनेट सुविधा नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिका सहितको नामावली संकलन गरी पठाए पश्चात नेपाल टेलिकमले विद्यालयमा बैकल्पिक माध्यम वायरलेस ब्रोडव्याण्ड प्रविधिबाट इन्टरनेट सुविधा उपलब्ध गराउन पाइलटिङ गर्ने र उक्त स्थानहरुमा आफ्नो कार्यायोजना अनुसार मोवाइल र एफटीटीएच सेवा सुरु गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here