डाेल्पामा बहुपति र पाण्डु प्रथा अझै कायम

सोमवार, असाेज १९, २०७७
0
271

डोल्पा । सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपालमा छ। माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ  । तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन ।

घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नु पर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ ।

विवाहित श्रीमतीले दैनिक दाजुभाई संग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ। अनौठोको कुरा त, बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नू पर्ने हुन्छ ।

डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् ।

जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो ।

डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए ।

‘घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।’ सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here