असाेज २५ ,गाेरखा । शहिद लखन गाउँपालिका–९ स्थित बुङकोटघाट क्षेत्रबाट अबैध रुपमा ढुङगा गिटी बालुवा ओसारपसारमा संलग्न सेटिङ नमिलेका ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य पर्दाथको अवैध ओसारपसार भईरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोली अवैध ढुङगा सहित उक्त सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले अवैध उत्खनन गरि ओसारपसारमा संलग्न ग १ ख ६२१६, ग १ ख ८०३१, ग १ ख ७६५५ नम्बरको दटप्पर र ग १ त ५२२६ नम्बरको ट्याक्टरलाई ढुङगा सहित नियन्त्रणमा लिएको हाे । नियन्त्रण लिइएका सवै सवारी साधानलाई आबश्यक कारवाहीका लागि शहिद लखन गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।
बालुवा डन भनेर त्यस क्षेत्रमा पहिचान बनाएकाहरु भने अझै पक्राउन पर्न सकेका छैनन । डनहरुले आफूहरुसँग पालिका, बुङ्काेट प्रहरी चाैकी लगायत सराेकारवालाहरुसँग सेटिङ मिलिसकेकाे बताउँने गरेका छन् । नदि किनार र खाेलाबाट अवैध बालुवा ढुङ्गा ओसापसार गर्ने तर जनप्रतिनिधि र प्रहरीसँग सेटिङ नमिलाएका केहीलाइ बेला बेलामा प्रहरीले सुराकीकाे आधारमा पक्राउ गर्दै आइरहेकाे छ ।






