तरुनीका बिषयमा विवाद हुँदा भक्तपुरमा एक जनाकाे हत्या

आइतवार, कार्तिक ९, २०७७
0
220

 कात्तिक ९ ,भक्तपुर । भक्तपुरमा शनिबार राति एक भारतीय नागरिकको हत्या भएको छ। प्रेमिकाको विषयमा विवाद हुँदा भारतको उत्तरप्रदेशका एक व्यक्तिको हत्या भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता डीएसपी दीपक गिरीका अनुसार उत्तरप्रदेशको मुरादावाद घर भएका ३५ वर्षका शाहिव हुसेनको हत्या भएको हो। उनी भक्तपुर नगरपालिका–१ इटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलका भाडा बनाउने काम गर्थे।

शनिबार ३ जनाले मदिरा सेवन गरेका थिए। कारखाना फर्किने क्रममा भक्तपुर नगरपालिका–२ इटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डका विषयमा शाहिव हुसेनसँग झगडा भएको थियो।

शाहिव हुसेनलाई सानु अन्सारी र सलमान खान दुवै जनाले ढुंगाले अनुहार र टाउकोमा प्रहार गरे। तत्कालै उनको मृत्यु भयो। र, नरकट घारी खोल्सामा फालेर उनीहरू कोठामा पुगे।

आइतबार बिहान ७ः५० बजे इटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेको थियो।

टाउको र अनुहार चिन्न नसकिने गरी क्षतविक्षत अवस्थामा शव फेला परेकाे प्रहरीको भनाई छ। प्रहरीले महानगरीय अपराध महाशाखा टेकु महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर पनि लगेर अनुसन्धान गरिएको थियो।

हुसेनको हत्यामा भारतीय नागरिक २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारी संलग्न रहेको प्रहरीले जानकारीले दिएको छ। दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here