सातामा दुई दिन आइतबार र बुधबार मात्रै कोभिड-१९ प्रेस ब्रिफिङ

बुधबार, कार्तिक १२, २०७७
0
245
डा.जागेश्वर गाैतम

 कात्तिक १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ ।  बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here