धिरज स्मृतिपवन को मनछुने गजल

शनिबार, कार्तिक १५, २०७७
0
250

हेर्छु,दर्दको पनि छुट्टै बजार लाग्यो
ऐना!पुछ्दा,ऐनामा अनुहार लाग्यो

मुग्लानलाई बैँस दिएर बा फर्किए
गाउँमा, हलो जोतेकै सार लाग्यो।

अब सजाय के कस्तो हुन्छ सरकार ?
अख्तियारलाई नै अख्तियार लाग्यो

नदिमा बगेको रुमाल किनार लागेन
रुमालमा बगेको मन किनार लाग्यो ।

श्रद्धाञ्जली,कर्ज भै गयो लासलाई
बाँच्नुजेल,हर कुरामा आभार लाग्यो

बुझियो,दुनियाँको औकात के रहेछ !
कोट लगाएर हिडेँ,नमस्कार लाग्यो ।

धिरज स्मृतिपवन
डोटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here