स्यङ्जा बाट लेखनाथ खनाल”अंकुर” को गजल

शनिबार, कार्तिक १५, २०७७
0
289

मान्छे किन अरुलाई गिराउन तल्लिन हुन्छन्
अरु कै पिडाले जलेको हेर्न सौखिन हुन्छन्

सके मीठो बोलिदेउ कसैलाई किन घोच्नु र ?
तिम्रा ती वचन कसैलाई तीखा संगिन हुन्छन्

ए ! हेर त यताउता सबैतिर उस्तै त भेटिन्छ
मरि जाने चोलामा यस्तो निष्ठुरी किन हुन्छन्

प्रकृतिले कसैलाई पनि अन्याय छैन गरेको
नभुल्नुस दुखीको पनि त रात र दिन हुन्छन्

जब समय आउछ पर्दैन ढलाउनु कसैलाई
अन्तिम दिन जो पनि सहारा बिहिन हुन्छन् !!

लेखनाथ खनाल “अंकुर”
अर्जुनचौपारी-६ दरौं, स्याङ्जा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here