कात्तिक १६ , गाेरखा (साम्दाे) । गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारिले चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्थित ल्हाेमा निर्माण हुँदै गरेकाे ल्हाे हेलिप्याडकाे अवलाेकन गरेका छन् । साँसद अधिकारीले शनिबार विहान हेलिप्याडकाे निरीक्षण गरेका हुन् ।
साँसद काेषकाे रकमबाट निर्माण भएकाे उक्त हेलिप्याडकाे पूर्वीभागमा बुढिगण्डकी नदि माथि गएकाे पहिराे निरीक्षण गर्दै पहिराे नजाने तरिका अपनाइ गाउँका मानिसहरुकाे सल्लाह लिएर पहिराे उकास्न सुझाव दिएका छन् । साँसद अधिकारीले ल्हाेमा देखिएका अन्य समस्याकाे बारेमा समेत जानकारी लिएका छन् ।
अनुगमनका क्रममा चुमनुब्री गाउँपालिका उपाध्यक्ष, वडा नम्बर २ का अध्यक्ष लगायतका जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।





