शंघर्ष त हाम्रो जिवनको सफर भयो,
गासको खोजिमा परदेशी बेघर भयो।
संसरका मजदुर सोशकको निसनामा,
गरिबीनै मान्छेलाई साँच्चै जहर भयो।
कसरी बिर्सौ यो दमन अत्याचार सधै,
तरवारकै धार आज हाम्रो डगर भयो।
जन्मिएको ठाउँमै मृत्यु अनिश्चित हुँदा,
धनिलाई साँच्चै मज्दुरको अधर भयो।
मर्छन मलाया कोई अरबको खाडी मा,
धनिकै गुलामि गर्नु सदियौँ कहर भयो। छोराको बद्ला लाश आउँछ बाकसमा,
आमा बाको आँखा आँशुकै नहर भयो।
सुरेशकुमार पान्डे






