गाेरखाका विपन्न परिवारका लागि एक करोड मूल्यको जस्तापाता प्रदान गरिने

आइतवार, कार्तिक २३, २०७७
0
236

कात्तिक २३ गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ का सात वटा गाउँपालिका भित्र रहेका २०० घरपरिवारका लागि प्रतिघर परिवार ५० हजारका दरले एक करोड रुपैयाँको जस्तापाता प्रदान गरिने भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आइतबार समितिका संयोजक गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

गण्डकी गाउँपालिका भित्र रहेका परिवार मध्ये ३२ परिवार, गोरखा नगरपालिका वडा नं. १ देखि ७ सम्म, शहिद लखन, भीमसेन थापा, आरुघाट, धार्चे र चुुमनुब्रीका लागि २८ आवास सँख्या स्वीकृत भएको छ ।

बैठकले गोरखा जिल्ला अन्तर्गत रहेका स्थानीय तहहरुको हिमाली, दुर्गम, विकट क्षेत्रहरमा विपन्न, दलित, सिमान्तकृत समुदायहरु धेरै सँख्यामा रहेकाले थप आवास सँख्या वृद्धि गर्न केन्द्रीय सुरक्षित नागरिक आवास समन्वय समितिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । बैठकमा पालिका अध्यक्ष, समन्वय समितिका प्रमुख लगायतका अधिकारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here