बयस्क चितुवा मृताबस्थामा

बिहिबार, कार्तिक २७, २०७७
0
191

 कात्तिक २७, गोरखा। गोरखामा बयस्क चितुवा मृताबस्थामा फेला परेको छ । जिल्लाको गोरखा नगरपालिका–४, फिनाम स्थित आरुस्वाँरामा मृत अबस्थामा पोथी चितुवा फेला परेको डिभिजन बन कार्यालय गोरखाका प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीयले चितुवा मृत अबस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । घटनाको जानकारी पाएलगत्तै डिभिजन बन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई बन कार्यालयमा ल्याइएको उनले बताए ।

‘बयस्क पोथी चितुवा कसरी मर्यो भन्ने एकिन नै त भइसकेको छैन, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, घटनाको प्रकृति हेर्दा दुईवटा चितुवा जुझेर एउटा मरेको हुन्न सक्ने देखिएको छ ।’ मृत चितवाको शरिरमा चिथोरेको जस्तो चोट रहेकाले भाले र पोथी चितुवा जुधेको हुनसक्ने अनुमान गरिएको उनकाे भनाई छ ।

मृत चितुवाको अबस्था हेर्दा २ दिन अघि चितुवा मरेको हुनसक्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । पछिल्लो समय जिल्ला भित्र चितुवा मृताबस्थामा भेटिने क्रम बढेको छ । गएको भदौंमा पनि जिल्लाको आरुघाट गाउँपालिकामा कुकुरले टोकेर एक चितुवा मारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here