स्वास्थ्य र शिक्षालाइ प्राथमिकता दिँदै गाेरखा निर्वाचन क्षेत्र नं.१ काे पुर्वाधार विकास कार्यक्रम र बजेट सार्वजनिक

मङ्लबार, मंसिर ९, २०७७
0
439

मङ्सिर ९, गाेरखा । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाेरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ काे कार्यक्रम र बजेट सार्वजनिक भएकाे छ । कार्यक्रम अन्तर्गत रहेका ४ कराेड मध्ये अधिकाँश रकम स्वास्थ्य र शिक्षा क्षेत्रका लागि विनियाेजन भएकाे छ ।

शिक्षा सँग सम्बन्धित ७ वटा याेजनाका लागि ८५ लाख, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ९ वटा याेजनाका लागि एक कराेड २१ लाख ४० हजार, बाटाेसँग सम्बन्धित ७७ लाख, कृषिका लागि ३५ लाख, आमा समूह भवनका लागि २५ लाख, मन्दिर निर्माणका लागि १० लाख गरी विभिन्न शिर्षकमा रकम विनियाेजन भएकाे पूर्वाधार विकास कार्यालय गाेरखाले जनाएकाे छ ।

गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरीराज अधिकारीकाे सँयाेजकत्वमा बसेकाे बैठकले पालिकाहरुकाे रायसुझावका आधारमा याेजना छनाैट गरेकाे हाे । नेपाल सरकारले प्रत्यक्ष निर्वाचित साँसद सँयाेजक रहने गरी पूर्वाधार विकास कार्यक्रममा अघिल्लाे वर्ष ६ कराेड दिएकाे थियाे भने यस वर्ष ४ कराेड दिएकाे हाे ।

काेषकाे ४ कराेड मध्ये गाेरखा निर्वाचन क्षेत्र नम्बर १ मा सात पालिका र ५६ वटा वडाहरु रहेका छन् । जसमा गाेरखा नगरपालिकामा ४७ लाख ४० हजार, शहिद लखनमा ६६ लाख, गण्डकी गाउँपालिकामा ५९ लाख, भीमसेन गाउँपालिकामा ५५ लाख , आरुघाट गाउँपालिकामा ५७ लाख, धार्चेमा ६७ लाख र चुमनुब्रीमा ४५ लाख रुपैयाँ रकम विनियाेजन भएकाे हाे ।

विनियाेजित याेजना र बजेट तल हेराैँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here