शहिदलखनका विद्यालयमा पाक्दछ छ बार, छ परिकार

बिहिबार, मंसिर १८, २०७७
0
840

मङ्सिर १८, गाेरखा । जिल्लाकाे शहिद लखन गाउँपालिका भित्र रहेका विद्यालयहरुमा विद्यार्थीले खाजाकाे रुपमा चाउचाउ,विस्कुट, चकलेट,मिठाइ, चम्चिमाडा लगायतका परिकारहरु खाँदैनन् भन्दा जाे काेहि पनि आश्चर्यमा पर्छ । सत्य कुरा याे छ यहाँका विद्यालयमा  छ दिन, छ परिकार पाक्छ ।

कुन दिन के परिकार पाक्छ मेनु हेराैँ ।

नेपाल सरकारले  आधारभूत तहकाे कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि दिवा खाजा कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी दैनिक रु १५ का दरले प्रदान गर्न थालेसँगै शहिद लखनका विद्यालयहरुले विभिन्न परिकारका खाद्यन्नहरु बालबालिकाहरुलाइ खुवाउन थालेकाे हाे ।

श्रावण महिना देखि नै बालबालिकाहरुका लागि नेपाल सरकारले विद्यार्थि सँख्याकाे आधारमा विद्यालयकाे खातामा रकम पठाइसेकाे शिक्षा मन्त्रालय स्राेतले जानकारी दिएकाे छ । कतिपय पालिका र जिल्लामा रहेका विद्यालयहरु बालबालिकालाइ नगद प्रदान गर्ने र उनीहरुले जङ्क फुड ( पत्रु खाना ) किनेर खाने गरेका छन ।

विद्यार्थीहरुलाइ नगदै प्रदान गर्ने विद्यालयलाइ दिएकाे रकम फिर्ता लिने नीति सरकारकाे रहेकाे मन्त्रालयका अधिकारीहरुकाे भनाइ रहेकाे छ । बालबालिकाहरुलाइ विद्यालयमा पाैष्टिकतत्वयुक्त खाजा खुवाउनका लागि रकम प्रदान गरिएकाे उनीहरुकाे भनाइ छ ।

विहिबार प‌ङ्तिकार गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिका स्थित चण्डी देउराली आधारभूत विद्यालय  मनकामना पुग्दा दिउँसाेकाे छुट्टीका समयमा विद्यार्थीहरु भुटेकाे मकै र चिया खाइरहेका थिए । विद्यालयमा खाजा खान पाउँदा खुशी लागेकाे कक्षा २ मा अध्ययनरत बालक  प्रवेश थापाले बताए । बालबालिकाहरु हर्षित मुद्रामा खाजा खाइरहेका थिए ।

विद्यार्थीहरुलाइ खाजा दिए नदिएकाे निरन्तर अनुगमन भैरहेकाे शहिद लखन गाउँपालिका कार्यपालिका सदस्य सकुन थापा मगरकाे भनाइ छ । खाजा कार्यक्रम चलाउन थालेपछि विद्यालयमा विद्यार्थीहरु नियमित आउने र विद्यालय समयभर बस्ने गरेका विद्यालयका प्रधानाध्यापक कमल थापा मगर  बताउँछन् । यसले बालबालिकाकाे सिकाइ सुधार आउने उनकाे भनाइ छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here