मङ्सिर २२, गाेरखा । जिल्लाकाे पालुङ्टार नगरपालिका वडा नम्बर ६ स्थित जङ्गलमा मध्यरातमा भरुवा बन्दुक भेटिएकाे छ ।
स्थानीयहरुले दिएकाे सूचनाका आधारमा आइतबार त्यस क्षेत्रमा मानिसहरु बन्दुक बाेकेर हिँड्ने गरेकाे बाटाे पच्छ्याउँदै जाँदा राति ११ बजे पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित घिमिरेथाेक र बेतेनिको वीचमा पर्ने जङ्गलमा नेपाल प्रहरीकाे गस्ति टाेलिलाइ देखेपछि एक थान भरुवा बन्दुक छाडेर भागेकाे प्रहरी अधिकारीहरुले बताएका छन् ।
जङ्गली पशुपन्छि शिकार गर्ने उदेश्यले बन्दुक बाेकेर हिडेकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । जङ्गलमा हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक सोमदास ढकालको कमान्डमा गएको गस्ती टोलिलाई देख्नासाथ अज्ञात व्यक्तिहरुले साथमा रहेको एकनाले भरुवा बन्दुक छाडी भागेका हुन् ।
बन्दुक इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीमा ल्याइ राखेर रातकाे समयमा बन्दुक बाेकेर जङ्गल डुल्नेहरुकाे खाेजि भइरहेकाे प्रहरी अधिकारीकाे भनाइ छ ।






