गजल १
हेरौँ बिदेशमा कति दुःख झेलेका छन,
कोई कुल्लि कसैले रोटि बेलेका छन।
फेरी पनि छैन सुख चैन परदेशी लाई,
पुँजिबादको कोलमा सदै पेलेका छन।
जहाँ बिना बोटर आईडी दियो जल्दैन,
सरकार हाम्रै भबिस्यसँग खेलेका छन।
काम दिई आफ्नै देशमा माम दिनु पर्ने,
आफ्ना सन्तान परदेशमा ठेलेका छन।
जन्मियौँ नेपालमा हुर्कियौँ बिदेश भित्र,
गरेर असमान सन्धि सदै जेलेका छन।
गजल २
उठ भन्दा उठ्ने बस भन्दा बस्ने गोठाला होईनौ,
स्वतन्त्र बिचाराका धनीहौ तिम्रा खेताला होईनौ।
जायजमा प्राण दिन सक्छौ तर दिदैनौ दबावमा,
प्राण दिन्छौ जस्तो भय नि मनका काला होईनौ।
हो गरिबलाई रिस तब उठ्छ कसैले ह्यापे पछिनै,
चुप चाप सहने हामि तिम्रा लाला र बाला होईनौ।
सयौँ फुलको बगैचामा फुल्न देउ स्वतन्त्र फुलहरु,
टप्प टिपेर लगाउँने त्यो फुलकै पनि माला होईनौ।
हो अन्धकार चिर्नलाई मात्र एउटा दियो भए पुग्छ,
तर तिम्ले सोचेकोझै मझेरीको निजि पाला होईनौ।
सिर झुक्छ जनम दिने आमा र देशको लागी मात्रै,
तिम्रो अहेँकारमा देश भक्तहरु झुक्ने वाला होईनौ।
गजल ३
यो सरकारमा पनि भ्रष्टचारले बुरा हाल भयो,
भू-माफिया दलालहरु सबै माला माल भयो।
छैन गरिबलाई काम देश-बिदेशमा भौतारिदा,
धनिको खेलौना झनबढी गरिब अचाल भयो।
जनताले प्राणको बलि दिएर ल्यायौँ गणतन्त्र,
गरिबलाई नजमिन नओट लाग्ने तिर्पाल भयो।
एकातिर कोरोनाको कहरछ आर्को तिर महिँगी,
गरिबलाई आफ्नो उपचारनै ठुलो प्रखाल भयो।
किराया भाडामा नि लुटेकाछन उपचारमा पनि,
सरकार तिम्रो समाजवाद हाम्रो अनिकाल भयो।
देख्यौँ राणा राजा पछि तिम्रो ताण्डब नाच पनि,
सोझाको जेल भ्रष्टचारीलाई बचाउँने ढाल भयो।
मन्त्रिहरुलाई राजधानी अनि सत्ताको खिचलोछ,
गरिबले रोजगार नपाएर समस्या तालैताल भयो।
सुरेशकुमार पान्डे






