मिस युनिभर्स नेपाल २०२० को उपाधि अंशिका शर्माले जितिन

बिहिबार, पुस १६, २०७७
0
292

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज अंशिका शर्माले जितेकी छिन्। गएराति सम्पन्न प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै अष्ट्रेलियानिवासी शर्माले मिस युनिभर्सको ताज जितेकी हुन्।

प्रतियोगिताको फाइनलमा शर्मासहित मस्को निवासी निनाकान्ता मण्डल, अमेरिका निवासी सुजिता बस्नेत, काठमाडौं निवासी दिक्ता थापा र विराटनगरनिवासी न्यान्सी खड्का पुगेका थिए।

पहिलो पटक स्वतन्त्र रुपमा सञ्चालन भएको भनिएको प्रतियोगिताका लागि पाँच सय आवेदन परेको आयोजकले जनाएका थिए। विभिन्न चरण पार गर्दै फाइनलमा भने १८ जनालाई र्‍याम्पमा उतारिएको थियो।

प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह थिए। मिस युनिभर्स नेपाल २०२० को उपाधि जितेसंगै अंशिका शर्माले १० लाख नगदसहित १५ लाख बराबरको क्राउन हात परेकी छिन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here