श्रेष्ठले दिए नाै वटा आमा समूहलाइ १८० थान कु्र्सी

बिहिबार, पुस १६, २०७७
0
237

पुस १६ बन्दिपुर । रेडियो बन्दिपुरका अध्यक्ष  सन्तकुमार श्रेष्ठ र उनकाे परिवारले  स्वर्गीय पिता पुननारायण श्रेष्ठ र माता उजेलीमायाकाे स्मृतिमा बन्दिपुर गाउँ पालिका भित्र रहेका ९ वटा आमा समूहका लागि कुर्सी प्रदान गरेका छन् ।

तनहुँकाे बन्दिपुर १ मा रहेकाे छपेली आमा समूह, वडा नं. ४ मा रहेकाे शिवालय आमा समूह, बन्दिपुर ५ काे याम्पाफाँटमा रहेकाे सयपत्री आमा समूह, प्रगति आमा समूह, सिर्जनशिल आमा समूह, दलित आमा समूह , भुजेलगाउँमा रहेकाे टाेल विकास संस्था , थुम्कामा रहेकाे समाज कल्याण आमा समूह र काेरिखामा रहेकाे देउराली आमा समुहलाई प्रति समूह २० थानका दरले करिब १ लाख मूल्य बराबरकाे कुर्सी सहयाेग गरेका हुन् ।

कुर्सी हस्तान्तरण कार्यक्रममा बन्दिपुर गापाका अध्यक्ष पूर्णसिं थापाले  श्रेष्ठले बन्दिपुरमा सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएकाे बताए ।

वडा नं. १,४ र ५ मा भएकाे छुट्टाछुट्टै कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ध्रुब प्रसाद लामिछाने, डुम्रे बजार टाेल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ , डुम्रे-बिरुवाटार टाेल बिकास संस्थाका अध्यक्ष राजु खड्गी,  श्रेष्ठका छाेरी प्रशिया, ज्वाइँ विकास श्रेष्ठ लगाएतकाे सहभागिता रहेकाे थियाे ।

श्रेष्ठ र उनकाे छाेरा अभिषेक श्रेष्ठले निकट भविष्यमै बन्दिपुर बजारमा बाेरिङ मार्फत खानेपानीकाे ब्यवस्थापन , चुन पहरामा मन्दिर निर्माण, डुम्रे चिसापानीमा क्रियापुत्री भवन निर्माणमा सहयाेग गर्ने बताएका डीपि अधिकारीले खबर लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here