साैरपानी । बारपाक सुलिकोट गाउँ पालिका वडा नं ४ साैरपानी स्थित दुर्गा माद्यामिक विद्यालयमा अध्यनरत ३४० जना बालबालिकाहरुलाइ मङ्गलबार न्यानो कपडा वितरण भएकाेछ ।
बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सन माया गुरुङकाे प्रमुख आतिथ्यातामा पाेशाक वितरण गरिएकाे थियाे । पाेशाक वितरण कार्यक्रममा बाेल्दै उपाध्यक्ष गुरुङले न्यानाे पाेशाककाे अभावमा बालबालिकाहरु जाडाेका कारण घरमै बसेर आगाे ताप्ने र विद्यालय नआउने समस्या पाेशाक वितरण पछि समाधान हुने बताइन । चिसाे ठाउँका बालबालिकाहरुका लागि न्यानाे पाेशाक वितरण हुनु अत्यन्त राम्राे रहेकाे उनले भनाइ थियाे ।
स्थानीय अगुवा नागरिकहरुकाे समन्वयमा प्राप्त पाेशाक बालबालिकाहरुलाइ प्रदान गरिएकाे थियाे । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर गुरुङ , तमु हयुल छोँज धीँ गुरुङ राष्ट्रीय परिषदका केन्द्रिय उपाध्यक्ष तथा बारपाक सुलिकोट गाउँपालिका नेकपा अध्यक्ष नर बहादुर गुरुङ , युवा नेता धिरज उपरकोटि , नेकपा जिल्ला सदस्य दाई मोहन ढकाल , हाेङ्सी सिमेन्ट का विदेशी तथा स्वदेशी अधिकारीहरु लगायतका नागरिकहरु सहभागि थिए । आगन्तुक पाहुनाहरुलाइ विद्यालयका बालबालिकाहरु गीत र नृत्यबाट स्वागत गरेका थिए ।






