(१)
भनिस् तै चुप मैं चुप
नबोलेर गरिस् खुप ।
(२)
राखें सधैं मुख बन्द
झन हुदै गयो मन्द।
(३)
मेरो उस्को उस्तै काम
चम्कियो उस्को पो नाम।
(४)
बलियो थियो लगाम
नगन्य पीडा तमाम ।
(५)
कोसौं रहेछ मन्जिल
गन्तब्य पुग्न मुस्किल ।
शर्मिला श्रेष्ठ
ललितपुर
हाल अमेरिका






