तनहुँ । जिल्लाकाे आँबुखैरेनी गाउँपालिका–१, सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयले आइतबार ५० औं बार्षिक उत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा मस्र्याङ्गदी बालज्योति आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल भगवानदास मल्ल र शिबओम मल्लले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आफ्ना वुबाको सम्झनामा मल्ल परिवारको तर्फबाट उक्त विद्यालयको शैक्षिक गुणस्तर बढाउन, विद्यार्थीलाई पठन–पाठनमा सघाउन अक्षयकोष स्थापना गरेको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य खगराज गौंलीको अध्यक्षता तथा आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रधानाध्यापक सरितादेवी पौंडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा सहायक प्रअ. हरिप्रसाद मिश्र मस्र्याङ्दी बालज्योति आवासिय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल भगवानदास मल्ल, भूतपूर्व प्रअ सुरेन्द्र बोगटीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुती पनि देखाइएको शिक्षक तथा कार्यक्रम संचालक कमल सापकोटाले बताए ।






