त्यो दिन हजुर संग रमाएको याद आयो
हजुरले मेरो हात समाएको याद आयो।
मिलन हुनु थियो र त हाम्रो भेट भयो नि
लग्न जुराई आउदा लजाएको याद आयो ।
बिहेपछि घुम्न जाँदा बुटौलि बजारमा नै
होटलमा बसेर नास्ता खाएको यादआयो।
दिन बित्दैगए हजुर मायामा कमि छैन
झन गहिरो नातामा हराएको याद आयो
म त हजुर यसरिनै बाचिरहेको छु
यो जिवन सधैं यसरि गाएको याद आयो।
सिता सर्मा बिरगंज






