कविता (गद्य) : ब्यथिति

बिहिबार, फाल्गुन १३, २०७७
0
289

सच्चा गुरूले सिकाएर शिक्षित भएका
कू-शिक्षित दुर्योधन हरू,
रगतले पोतेको कफन अझै आलो छ
जन्मने छन फेरि रक्तबीज हरू।।

हिजो, ममताको घैंटो फुटाएर
अश्रुको मुल फोर्ने हरू होसियार!,
पूजाको थालीमा मासुको पिण्ड राखेर
श्रद्धाको आँचल च्यात्ने हरू।।

कलीला नानी हरू सुरक्षित छैनन्
देखिन्छन् रगताम्मे लासहरू,
शाश्वत पैरनको पोतो बनाएर
पश्चिमी अर्धनग्नताको झेली पिट्ने हरू।।

बर्बर्ताको खाडल अझ खन्दैछन् यहाँ
निर्दयी कठपुतली हरू,
भ्राताको नाङ्गो खोल ओडाएर
अर्जुनको उपाधी खोज्ने हरू।।

वैष्णवीको जस्तो धोती भिरेका ढुगी
जोगी हरू पस्ने छन,
प्रेतआत्मा भगाई दिने सर्तमा
सर्वश्व दान लिने छन्
शाश्वत गुरूहरू भ्रममा पर्ने छन्
बन्दै छन यहाँ ढुगी गुरू
अशली नरपिचासहरू।।

टीकाराम न्यौपाने प्रतीक
पर्वत हाल भरतपुर चितवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here