शहिद लखन गाउँपालिकामा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

बुधबार, फाल्गुन १९, २०७७
0
289

शहिदलखन ,गाेरखा ।शहिद लखन गाउँपालिकाको आयोजनामा वडा नं ७ बुङ्कोटमा महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महिला हिंसाका स्वरुप कारण र महिला हिंसाको अपराध एवं दण्ड सजायको व्यवस्था बारे जिल्ला सरकारी वकिल कार्यालय गोरखाका जिल्ला न्याधिवक्ता खिमानन्द गौतमले प्रशिक्षण प्रदान गर्नुभएको थियो।                       
गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, प्रहरी नायव उपरिक्षक प्रकाश दाहाल, प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठ र वडा नं ८ का अध्यक्ष काशिनाथ अंगाईले महिला हिंसा विरुद्धको कानुनी, दण्ड, सजाय एवं गाउँपालिकाले निर्माण गरेका कानुन एवं महिला हिंसा विरुद्ध संचालन गरिएका विभिन्न कार्य बारे चर्चा गर्नुभएको थियो ।           
जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, टोल विकास संस्था, निगरानी समूह, महिला समूह, शिक्षक, क्लव, सहकारी संस्था एवं समाजसेवी वुद्धिजीवी र आम सर्वसाधारण प्रति लक्षित गरी उक्त कार्यक्रम संचालन गरिएको हो । महिला हिंसा न्यूनीकरण एवं रोकथामका लागि जनचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी वडा नं ७ का अध्यक्ष गणेश लम्साल, नेपाली काङ्ग्रेस वडा नं ८ का सभापती इन्द्रराज ढकाल, जनता समाजवादी पार्टीका जिल्ला सदस्य मधुकर राज वन्त, राप्रपा नेपालका प्रतिनिधी पुर्णजङ्ग भण्डारी र नागरिक अगुवा जयकुमार के.सी. ले आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा   जिल्ला प्रहरि महिला   सेलका प्र. स. नि. सावित्री पाण्डेले महिला सेलबाट महिला हिंसाको न्यूनीकरण तथा दण्ड सजायका लागि भैरहेको कार्यवारे जानकारी गराउनुभएको थियो । बुङ्कोट प्रहरी चौकीको प्राङ्गढमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन शहिल लखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले गर्नुभएको थियो । कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं ७ र ८ बुङ्कोटमा करिव ३०० व्यक्तिहरु सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here