गोरखा मिलन समाज पोखराले गोरखाको खोप्लाङमा २२ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

बिहिबार, फाल्गुन २०, २०७७
0
261

गाेरखा । गोरखा मिलन समाज पोखराले गोरखाको खोप्लाङमा निःशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । स्व. विष्णु कुमार श्रेष्ठको स्मृतिमा यहि फागुन २२ गते शनिबार खोप्लाङको अन्नपूर्ण मा.बिमा स्वास्थ्य शिबिर गरिने समाजका अध्यक्ष कपिल पोखरेलले बताए ।

अध्यक्ष पोखरेलका अनुसार पोखराको चरक मेमोरीयल हस्पिटल र गोरखाको पृथ्वीनारायण सामुदायिक अस्पतालको प्राबिधिक सहयोग रहने उक्त कार्यक्रममा हाडजोर्नी, नसा, मेरुदण्ड तथा बाथ रोग बिशेषज्ञ सेवा, स्त्री सथा प्रसुती सेवा, मेडिकल सेवा, भिडियो एक्सरे सेवा, निःशुल्क औषधी बितरण सेवा, निःशुल्क मधुमेह (सुगर) परिक्षण सेवाहरु प्रदान गरिने छ ।

पोखराको नागढुंगामा रहेको चरक मेमोरियलबाट बिशेष बिशेषज्ञ डाक्टरहरुको समेत उपस्थिति हुने हुँदा सम्बन्धित रोगका बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराउनुहुन समेत अध्यक्ष कपिल पोखरेलले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here