कोशिस गरे सकिन तिमीलाई मायाँ मार्नलाई
खुला राखे मुलबाटो सकिन तँगारो बार्नलाई
लेखे तिम्रो दिलमा नाउँ कहिल्यै नमेटिने गरी
आउ है प्रिय छिट्टै अब प्रितको फूल सार्नलाई
झुपडिमा बसौंला खाउँला आटो पिँठो बरू
शिर झुकाई छैन चाहा शत्रुको सामु हार्नलाई
संगै जिउने संगै मर्ने प्रण गरेको छ यो मनले
स्विकारिदेउ निवेदन यो नपरोस आशुँ झार्नलाई
प्रतिक्षाको फल मिठो रे संझनाको बाडुल्कि
अकवरी सुनलाई त यहाँ पर्दैन अरे खार्नलाई
शुचिता काफ्ले
काठमाडौ






