शुचिता काफ्ले को मनछुने गजल

बिहिबार, फाल्गुन २०, २०७७
0
261

कोशिस गरे सकिन तिमीलाई मायाँ मार्नलाई
खुला राखे मुलबाटो सकिन तँगारो बार्नलाई

लेखे तिम्रो दिलमा नाउँ कहिल्यै नमेटिने गरी
आउ है प्रिय छिट्टै अब प्रितको फूल सार्नलाई

झुपडिमा बसौंला खाउँला आटो पिँठो बरू
शिर झुकाई छैन चाहा शत्रुको सामु हार्नलाई

संगै जिउने संगै मर्ने प्रण गरेको छ यो मनले
स्विकारिदेउ निवेदन यो नपरोस आशुँ झार्नलाई

प्रतिक्षाको फल मिठो रे संझनाको बाडुल्कि
अकवरी सुनलाई त यहाँ पर्दैन अरे खार्नलाई

शुचिता काफ्ले
काठमाडौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here