सम्झनाले हराभरा मन मुटु ताजा भाछ ।
चञ्चल मन भित्र आज रहर गाढा भाछ ।
तिम्राे मेराे सम्बन्धमा माैखिक भए बाधा,
चियाे चर्चाे गर्नेका बाेलिहरु साझा भाछ ।
तिम्राे मेराे व्यवहार चाेखाे कुरा सुन्नु हुन्न,
हाम्रो हेर्ने हिँड्ने बाटाे आज काँडा भाछ ।
छैन हैन भन्दा पनि दूरी बढे जस्ताे किन,
दुनियाँकाे भरमा पर्दा जीवन सादा भाछ ।
लुकेर नै गर्नुपर्ने सवितालाई चाेरी माया,
खै कसोरी व्यर्थै हाम्राे माया बाधा भाछ । सविता के.सी. दक्षिणकाली-३, फर्पिङ, काठमाडाैँ






