देवघाट, तनहुँ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगितामा विष्णु अधिकारीले पहिलाे उपाधि हात पारेकी छन् । आफ्ना श्रीमान् पदम अधिकारीले बुइम बाेकेर सुइकुच्चा दाैडेकी विष्णुले अन्य प्रतिष्पर्धीले भन्दा निर्धारित दुरी छाेटाे समयमा नै पूरा गरेकी थिइन ।
प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।
सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष थापाले बताइन । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।






