बन्दिपूरमा ४ वर्षिय बालकलाइ चितुवाले चिथाेर्याे

मङ्लबार, फाल्गुन २५, २०७७
0
147

बन्दिपूर , तनहुँ  । तनहुँमा चितुवा आतंक अझै राेकिएकाे छैन । जिल्लाकाे बन्दिपुर गापा वडा नं. १ काैसिनीछापका चन्द्रबहादुर चेपाङकाे ४ वर्षका छाेरा अप्पल चेपाङलाई चितुवाले आक्रमण गर्दा घाईते भएका छन् ।

बेलुकी ७ बजेकाे समयमा बुबा आमा सँगै बारीबाट घर तर्फ फर्कँदै गरेकाे अवस्थामा आक्रमण गरि घाइते बनाएकाे ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए ।

बालककाे घाँटीमा चाेट देखिएकाेले लक्षमी हस्पिटल डुम्रेमा उपचार गरि रेविज सुई लगाउन दमाैली पठाईएकाे र घाइते बालककाे अवस्था सामान्य रहेकाे सव डिभिजन वन कार्यालय विमलनगरका प्रमुख शुरेश भुजेलले जानकारी दिए । घटना आइतबार साँझ ७ बजेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here