पाँच पालिका भित्रका एक हजार ४३० जनाले लगाए काेराेना भाइरस विरुद्धकाे खाेप

आइतवार, चैत्र १, २०७७
0
299

गाेरखा । जिल्लाकाे आरुघाट चुमनुब्री बारपाक सुलिकाेट भीमसेन थापा र धार्चे गाउँपालिका भित्रका गरी कुल एक हजार ४३० जनाले काेराेना भाइरस विरुद्धकाे खाेप लगाएका छन् । भीमसेन थापा गाउँपालिका भित्रका ६८० आरुघाटका २४५ धार्चेका ७५ चुमनुब्रीका ८७ बारपाक सुलिकाेट गाउँपालिका भित्रका ३४५ जनाकाे खाेप लगाएका हुन् ।

खाेप कार्यक्रममा सहभागि हुन ७४९ जना महिला र ७१३ जना पुरुषकाे डाटा सङ्कलन भएकाे थियाे । जसमा ३२ जना अनुपस्थित रहे ।

पाँच पालिका भित्रका कुल  ६ हजार २७८ जनालाइ खाेप लगाउनुपर्ने भए पनि ६५ वर्ष उमेर पूरा भएका नागरिकहरुका लागि पहिलाे चरणमा खाेप लगाइएकाे जिल्ला स्वास्थ्य कार्यलय गाेरखाका नरजङ ठकुरीले बताए ।

यस अघि छ वटा गाउँपालिका भित्रका झण्डै आठ हजार नागरिकहरुले खाेप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here