लुम्बिनी
चैत १५
नेपाल खुला बिश्वबिद्धालयको एम फिल तेस्रो सेमेस्टरमा अङ्ग्रेजी शिक्षा तर्फ अध्ययनरत बिध्यार्थिहरुको सोधपत्र लेखन सहजीकरणका निम्ति अनुसन्धानमा तथ्यांक बिश्लेषण सम्बन्धि दुई दिने कार्यशाला आइतबार लुम्बिनीमा भएको छ । Winter (2075) ब्याचका एम फिल तेस्रो सेमेस्टरमा अङ्ग्रेजी शिक्षामा अध्ययरत बिध्यार्थीहरुको आयोजनामा सन्चालन गरिएको कार्यशालाको सहजीकरण नेपाल खुला बिश्वबिद्धालय अङ्ग्रेजी शिक्षाका संयोजक डा. कर्ण रानाले गर्नुभएको थियो ।
तेस्रो बर्षका बिद्यार्थी अर्जुन तिवारीले सन्चालन गर्नुभएको समापन समारोहको सभापतित्व समुहका बिद्यार्थी नेता गोबिन्द पोखरेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता डा. रानाले गर्नुभएको थियो । साथै बुटवल बहुमुखी क्याम्पसका सहायक क्यापस प्रमुख प्रकाश शर्मा पौडेलको आतिथ्य्ता रहेको कार्यक्रमका सहभागीहरुले अनुसन्धान कार्यमा यो कार्यक्रम कोषेढुङ्गा साबित भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा प्रतिनिधिमुलक तरिकाले बिराटनगरकि बबिता पराजुली, सुर्खेतका यदुप्रसाद ज्ञावली र पर्वतका लक्ष्मण गौतमले कार्यशाला अनुसन्धानको निम्ति निकै फलदायी रहेको प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो । साथै कार्यक्रममा तनहुँका बिजय कुमार रानाभाटले आफ्ना आधा दर्जन मुक्तक सुनाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । समापन समारोहमा बोल्दै डा. रानाले बिध्यार्थीहरुको सिकाइको निम्ति आफू सदैव उत्प्रेरक र मार्गदर्शन बन्ने प्रतिबद्धता जनाउनुभएको थियो । विभिन्र स्थानहरूबाट उपस्थित भइ कार्यक्रम सफल बनाउनुभ्एकाेमा गाेबिन्द खनालले धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे । दुई दिन सम्म सन्चालन भएको कार्यशालामा सुदुपस्चिमको बैतडीदेखी, गण्डकी प्रदेशका बाग्लुङ, पर्वत, तनहुँ , लमजुङ लगायत प्रदेश नम्बर एकको बिराटनगर, साथै पश्चिमका सुर्खेत , बर्दिया, दाङ , बाँके,कंचनपुर र लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, रुपन्देही आदि जिल्लाहरुबाट २५ भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।






