किन देख्छु पाएर पनि सधै नपाए जस्तो ।
एउटै आईडि बनाएर दुबैले चलाए जस्तो ।
समयले बताउछ जिन्दगी कता जादैछ भनेर,
लाग्दैछ बाहाना मा सबैलाई तताए जस्तो ।
बिस्तारै बिस्तारै भत्किदैछ यो धरातल पनि,
तिमी किन गर्दै छौ हातखुट्टा कमाए जस्तो ।
सिमा त नाग्नु हुदैन भनेर सुझाव दिनेहरु ,
देख्दैछु उनिहरुले नै सिमा नघाए जस्तो ।
दुनियाँमा यस्तै स्वार्थी मात्र भेटिरहने रहेछन्,
देखेको सपनालाई आँसुले बगाए जस्तो ।
शेषकान्त पोख्रेल
मदाने गाउँपालिका
भनभने गुल्मी
हाल बिरानो मुलुक भारत






