गोरखा (नाम्जुङ्ग), ३१ चैत। गोरखाको शहिदलखन गाउँपालिकामा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ। मंगलवार बिहान गाउँपालिका-९ नाम्जुङ्गमा ग १ त ४५८२ नम्बरको ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको हो।
ट्याक्टरबाट खसेका बालकलाई ट्याक्टरको टायरले किच्दा उनको घटनास्थलमै भएको हो।
ट्याक्टर दुर्घटनामा परि १३ वर्षीय विवस ढकालको मृत्यु भएको शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले गण्डकी टाइम्सलाई जानकारी दिए। घटना बारे थप अनुसन्धान भइरहेकाले दुर्घनाको कारण अहिलेनै भन्न नसकिने समेत उनले जानकारी दिए।
स्थानिय सरस्वती आधारभूत बिद्यालयमा पढ्न गएका उनि बिहानको कक्षा नभएपछि घर फर्कनेक्रममा दुर्घटनामा परेका हुन्।
उनि कक्षा ७ मा अध्ययनरत थिए।





