अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) गण्डकी सहसँयाेजकमा गाेरखाका राजन आले

शनिबार, बैशाख ११, २०७८
0
292

गोरखा ११, बैशाख । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) गण्डकी प्रदेशकाे सह सँयाेजकमा गाेरखा जिल्ला शहिद लखन घर भएका राजन आले मगर छनाैट भएका छन् । विद्यार्थी सँगठन निर्माणमा सक्रिय युवा नेता आले गण्डकीका सक्रिय र इमान्दार विद्यार्थी नेता रहेकाे साे सँगठनले जनाएकाे छ ।   नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकले आलेलाई गण्डकी प्रदेशकाे सह सँयाेजक तोकेको हो । लामो समयदेखि विद्यार्थी संगठनमा रहेर कार्य गर्दै आएका विद्यार्थी नेता आले  संगठनको केन्द्रीय सदस्य  हुन् ।

मनासलु डटकम संग कुराकानी गर्दै शहिदलखन गाउँपालिका बुँकाेट स्थायी घर भएका बिधार्थी नेता आलेले प्रदेश भित्र संगठनको विकास र विस्तारका लागि आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘संगठनको गौरवमय इतिहासको गरिमालाई थप उचो बनाउन मेरो भूमिकामा कुनै कसर बाँकी राख्ने छैन्’ सह सँयाेजकले भने, विद्यार्थीहरुको हकहितका लागि सधै अग्रमेर्चामा रहदै आएको हाम्रो संगठनलाई थप मजबुत बनाउन लाग्नेछु ।’ अनेरास्वबियु क्रान्तिकारीले गण्डकी सहित देशका ७ प्रदेश ७७ वटै जिल्ला  बिहिबार जिम्मेवारी ठाेस गरेको छ ।

सेवा मूलक सँस्थाकाे रुपमा रहेकाे शिक्षालाइ मानिसहरुले व्यापार गर्ने सजिलाे क्षेत्रका रुपमा लिन थालेसँगै शिक्षामा गुणस्तर भन्दा पनि व्यापारमा प्रतिस्पर्धा भैरहेका समय विद्यार्थि सँगठनहरु थप सँगठित हुँदै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here