गोरखा, १४ बैशाख । सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले संयुक्त रुपमा जिल्लामा मास्क खै अभियाना सुरु गरेका छन् । दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा समेत मास्क नलगाई हिडडुल गर्नेको संख्या अघिक हुन थालेपछि प्रहरी र सामुदायिक सेवा केन्द्र मिलेर अनिबार्य मास्क लगाउन आवह्रान गर्न थालिएको हो ।
बजार क्षेत्रमा संक्रमणको जोखिम झनै बढी हुन्छ, भीडभाडमा जाँदा समेत मास्क नलगाई हिड्ने गर्दा संक्रमण एक अर्का सर्नसक्न धेरै हुने भएकाले अनिबार्य मास्क लगाउन सचेत गराउन अभियानको थालनी गरिएको सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष शुसिलबाबु श्रेष्ठले जानकारी दिए ।
‘मास्क नलगाइ हिड्नेलाई अनिबार्य मास्क लगाउन आग्रह गर्ने गरेका छौ, अध्यक्ष श्रेष्ठले भने, ‘अभियान मार्फत नागरिकहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपाउन पनि आवहन गर्न सुरु गरिएको छ ।’ सडकमा निस्किएका अभियान्ताहरुले कोरोना महामारीबाट बच्न बेलाबेलामा सावुन पानी हातधुने बानी बसाल्न, अत्याबशेक काम बाहेक घर बाहिर ननिस्कन समेत नागरिकहरुलाई आग्रह गरिएको उनले बताए ।
कतिपय सवारी साधनका चालकहरुले समेत मास्क नलगाई सवारी साधन चलाएको पाइयो, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले पैदल यात्री मात्र नभएर चालक, सहचालक यात्रुहरु सवैलाई सजकता प्रदान गर्न सुरु गरेका छौ । सुरुसुरुमा मास्क नलगाई हिड्ने मास्क लगाउन सुझाव दिने, सडकमै मास्क उपलब्ध गराउने गरिएको बताए ।
‘अहिलेका लागि मास्क नलगाउने व्यक्तिलाई सडकमै मास्क दिएर लगाएर समेत पठाइएको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘ सधै अटेरी गर्ने अबस्था आए प्रशासन मार्फत दण्डसजायका लागि पहल गर्नुपर्ने अबस्था आउनसक्छ ।’ अभियान अन्र्तगत गोरखा नगरपालिकाको हरमटारी, शक्तिचोक, बसपार्क, लक्ष्मीबजार क्षेत्र लगायतका स्थानमा कार्यक्रम सम्पन्न गरि सकिएकोे उनले बताए ।






