गोरखा २७, बैशाख । जिल्ला अस्पताल गाेरखाले पिसिआर परीक्षण सकिने अवस्थालाइ परिचालनमा नल्याएकाे भन्दै नेता नारायणकाजी श्रेष्ठले आक्राेश व्यक्त गरेका छन् । ‘पिसिआर टेष्ट, एन्टीजेन यही गर्न सकिन्छ, मैले सहयाेग गरेकै थिएँ , नागरिकहरुले पाउने स्वास्थ्यलाइ यसरी खेलाची गर्ने अधिकार कसैलाइ छैन भन्दै उनले प्रमुख जिल्ला अधिकारी समक्ष भनेका हुन् । तपाइँले सहि ढँगले सबैलाइ परिचालन गर्नुपर्याे , काम जति अरुलाइ पञ्छाएर आफू प्रमुख हुने भन्दा पनि काम गरेर प्रमुख हुनुपर्ने उनले बताए ।
पिसिआर परीक्षणका लागि जिल्ला बाहिर लैजादा कर्माचारीहरुकाे सेवामा सुविधा हुने र जिल्ला भित्र गर्दा नहुने भएका कारण जिल्लामा परीक्षण गर्न चासाे नदिएकाे सेवाग्राहीकाे आराेप छ ।
गाेरखा अस्पतालमा भएका पछिल्ला गतिविधिका कारण नागरिकहरुकाे उपचार बाहिर भुइँमा राखेर गर्नुपरेकाे र अस्पतालकाे स्तर खस्कदै गएकाे उनीहरुकाे भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी सहितका सराेकारवाला निकायहरुले राेगलाइ साम नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला भित्रै पिसिआर परीक्षण गर्न सक्ने अबस्था हुदाहुदै पनि परीक्षणको कार्य थालनी नभएको भन्दै असन्तुष्टी जनाएका छन्। जिल्ला भित्र कोरोना बिरुद्धको तयारी लगायतका अबस्थाको जानकारी लिन आइतबार गहृजिल्ला आएका नेकपा प्रबक्ता श्रेष्ठले यस्तो बताएका हुन ।
जिल्ला भित्र कोभिड रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि भएका प्रयासहरु सन्तोषजनक पाए’ उहाँले भन्नुभयो, त्यो पाटोमा कमजोरी छ, त्यसलाई सच्याउनुपर्छ ।’
उनले गोरखा अस्पतालबाट थप उन्नत प्रकारको स्वास्थ्य उपचार सेवा प्रदान सक्ने भएकाले त्यस तर्फ ध्यानदिनुपर्नेमा बताए ।
‘पाटीका कार्यकर्ताहरुलाई हामीले निर्देशन दिइसकेका छौ,उनले भने, ‘संक्रमण रोकथामका लागी स्वास्थ्य मापदण्डको पालना गर्दै स्थानीय सरकारलाई आइसोलेसन निर्माण, क्वारेन्टिन निर्माण, बिरामीहरुलाई अस्पतालसम्म पु¥याउने लगायतका कार्यमा कार्यकता खटिनुपर्छ ।’ प्रवक्ता श्रेष्ठले निषेधाज्ञाका बेला दैनिक श्रम गरेर जिविकोपार्जन गर्नुपर्ने नागरिकहरुका लागि पनि सवै क्षेत्रले उचित पहल गर्नुपर्नेमा दिए ।
प्रवक्ता श्रेष्ठले जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुखहरुसंगको बैठकमा सहभागी भएर कोभिड बिरुद्ध गरेका तयारीको बारेमा जानकारी लिनुभयो । त्यस्तै गोरखा अस्पतालको निरीक्षणमा पुग्नु भएका प्रबक्ता श्रेष्ठले अस्पतालमा तत्काल आइसोलेन निर्माण र अक्सीजन प्लान्टको काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।






