आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

शुक्रबार, बैशाख ३१, २०७८
0
352
ज्याे.पण्डित विष्णुप्रसाद खनाल
नास्ति क्षयो यस्य सः अक्षयः अर्थात कहिल्यै नाश नहुने अक्षय शब्दको अर्थ हुन्छ । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आज सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।
यो पर्व हिन्दु सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीन कालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो । वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो। यही दिन भगवान परशुराम अवतारको जन्म भयो । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । यो दिन गरेको स्नान र दानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।यस दिनमा शरिरमा चन्दनादि लेपन गर्नाले पुष्टि प्राप्त हुन्छ। शास्त्रमा ‘शरीर रक्षं खलु धर्म साधनम्’ अर्थात् शरीरको रक्षा गरेर मात्रै धर्म साधन गर्न सकिन्छ भन्ने उक्ति पाइन्छ । त्यसैले यो पर्व शरीर स्वास्थ्यमा ख्याल गर्ने पर्वको रुपमा समेत मान्ने गरिन्छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारकोरुपमा जौको सातु र सर्वत पानी खाने गरिएको हो । अक्षय तृतीयाको पौराणिक मत अक्षय तृतीयाको पौराणिक इतिहास महाभारत कालदेखिकै पाइन्छ ।
जब पाण्डवहरु १२ वर्ष निर्वासनमा थिए, एक दिन दुर्वासा ऋषि उनीहरूको कुटीमा आउनुभयो । उनीहरूको कुटीमा आउनुभएका ऋषि श्री कृष्णको प्रभावले यसै तृप्त भइ फर्कनु भएको थियो । उनलाई द्रौपदीले भक्तिपूर्वक सत्कार त गर्ने तर घरमा केही थिएन र श्री कृष्णले दिनुभएको पाक थालिमा कामना अनुसार खाना त बन्थ्यो तर विहान र बेलुका दुई समय मात्र बिहानको भोजन भइसकेको थियो।त्यसैले भगवानको स्मरण गर्दा आउनुभयो र त्यस भाडोमा सागको त्यान्द्रो एउटा बाकी रहेछ सोही खाएर आफू तृप्त हुनुभयो र शिष्य सहितका दुर्वासा ऋषि पनि तृप्त हुनुभयो। आफ्नो इज्जत बचाएकाले द्रौपतिले श्रीकृष्णको जय जय कार गरेकी थिइन । सो दिन पनि आजकै दिन थियो ।
यस्तै श्रीकृष्णलाइ भेट्न सुदामा यसै दिन पुग्नु भएको थियो ।यसै दिन बाट सुदामाको दारिद्रय पनि नाश भएको थियोे। यसरी हेर्दा आजको दिन धेरै महत्त्वपूर्ण रहेको छ। यस दिन पृथ्वीमा जो कोहीले विष्णुलाई विधि विधानले पूजा गर्छ वा चना, सातु, मौसमी फल, कपडा र पानीले भरिएको घडा दान गर्छ उनको घरको भण्डार सधैं पूर्ण रहनेछ । हरेक शुभ कर्मको लागि यो दिन उत्तम मानिन्छ।यस्तो उत्तम दिनको आगमन संगै अहिलेको विषम परिस्थिति सहज रुपमा सामना गर्न सकौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here