जेठ ६, गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पार्टी प्रवक्ता एवँ राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले गाेरखा अस्पताललाइ आज एक हजार थान एन्टिजेन किट सहितका स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
एन्टिजेन किटकाे अभावमा अस्पतालमा शँकास्पद नागरिकहरुकाे तत्काल काेराेना परीक्षण नभएकाे भन्ने थाहा पाएपछि श्रेष्ठले उक्त सामग्री आज अस्पतालका आइसाेलेसन व्यवस्थापन प्रमुख अजयराज गाैतमलाइ हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सनट्याटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डर लगायतका सामग्री सहित एन्टिजेन किट प्राप्त भएकाे गाैतमले बताए । महत्वपूर्ण सामग्रीहरु प्राप्त भएकाले विरामीकाे उपचारमा यसकाे प्रयाेग गरिने उनले बताए ।






