धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु, भाेलि साँझ ५ बजेसम्म दाबी गर्नुपर्ने

बिहिबार, जेष्ठ ६, २०७८
0
259

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि यही जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् ।

उपधारा ५ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पेश गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here