गाेरखा । गाेरखा जिल्लामा काेराेना सङक्रमितकाे सँख्या ८३३ पुगेकाे छ । विहिबार एकैदिन २२३ जना थपिएपछि उक्त सँख्या पुगेकाे हाे । सबै भन्दा धेरै सङक्रमितकाे सँख्या गाेरखा नगरपालिका क्षेत्रमा रहेकाे छ । यहाँ पिसिआर परीक्षण गराउनेकाे सँख्या पनि धेरै रहेकाे जिल्ला स्वास्थ्य कार्यालय गाेरखाले जनाएकाे छ ।
एन्टिजेन किट प्रयाेग गर्न जान्दैनन ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी
एन्टिजेन किट प्रयाेग गरेर काेराेना भए नभएकाे परीक्षण गर्न गाेरखा अस्पताल आउनुपर्ने बाध्यता रहेकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले समयमै तालिम दिन नसक्दा यस्ताे समस्या आएकाे हाे ।दाताहरुले दिएकाे एन्टिजेन किट दराजमा थन्क्याएर राख्ने र मानिसहरु काेराेना सङक्रमणबाट मरेकाे टुलुटुलु हेर्नु स्वास्थ्यकर्मीहरुकाे विवशता बनेकाे छ ।
विरामीलाइ स्वास्थ्य सँस्थामा प्रवेश निषेध, विरामी छुदैनन स्वास्थ्यकर्मी
स्वास्थ्य सँस्था भन्ने वित्तिकै विरामीहरुकाे उपचार गर्ने ठाउँ भनेर सबैले बुझ्दछन् । तर गाेरखा जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य सँस्थाहरुमा विरामीहरुले प्रवेश पाउँदैनन भन्दा अचम्म मान्नु पर्दैन । जिल्ला सदरमुकाम बाहेक अन्यत्र रहेका स्वास्थ्य सँस्थाहरुले छेकबार लगाएर विरामीलाइ अस्पताल सम्म पुग्न दिएका छैनन् । ज्वराे आएकाे र खाेकी लागेका विरामीहरुले गेट बाहिरबाट फर्कनु पर्ने बाध्यता छ । काेराेना सङक्रमित भएकाे गाउँमा जान झनै स्वास्थ्यकर्मीहरु नमानेकाे स्थानीय प्रतिनिधहरुले बताएका छन् । जिल्लाबाट आएका स्वास्थ्यकर्मीले जस्तासुकै सङक्रमितलाइ पनि सुरक्षित भएर चेकचाँज गर्छन् हाम्रा गाउँका स्वास्थ्यकर्मी सुरक्षित भएर घेराबार लगाएर भित्र बस्छन् विरामी हेर्दैनन, ति प्रतिनिधिले भने । नगरभित्रकै धेरै स्वास्थ्य चाैकीमा समेत यहि समस्या भएकाे अर्का प्रतिनिधिकाे भनाइ छ ।






