विष्णु प्रसाद लामिछाने
जेठ १० रसुवा । रोटरी क्लब अफ नेपाल स्विजरल्याड द्वारा रसुवाको जिबजिबे ग्रामीण अस्पताललाइ स्वास्थ सामाग्री प्रदान गरेकाे छ ।
कोरोना महामारीका कारण देशव्यापि रुपमा अक्सिजन लगायत स्वास्थ सामाग्री अभाब भै रहेको बेला रोटरी क्लप अफ नेपाल स्विजरन्यान्डद्वारा अक्सिजन कन्सेन्टेटर २ थान , एन्टिजिन कीट १०० पिस लगायत स्वास्थ सामाग्रीहरु प्रदान गरेकाे हाे ।
कालिका गाउपालिका वडा ३ निबासी नमराज आचार्यको समन्वय तथा सक्रियतामा प्राप्त स्वास्थ सामाग्री एक कार्यक्रमका वीच जिबजिबे ग्रामीण अस्पताललाई आज हस्तान्तरण भएकाे छ ।
साे कार्यक्रममा गाउपालिका अध्यक्ष, वडा अध्यक्ष , अस्पतालका डाक्टर अनिल आचार्य , उज्वल पौडेल, l स्थानिय सन्दिप पौडेल लगायतको उपस्थिति रहेकाे थियाे ।






