जेठ ११, गाेरखा । भीमसेन थापा गाउँपालिका वडा नम्बर २ तान्द्राङका ८६ वर्षिय वृद्धकाे काेराेना सङक्रमणका कारण मृत्यु भएकाे पालिका स्थित स्वास्थ्य शाखा प्रमखु भेषराज खनालले बताए ।
दमका विरामी समेत रहेका वृद्धकाे एन्टीजेन टेष्ट गर्दा काेराेना पाेजेटिभ देखिएर हाेम आइसाेलेसनमा बसेर उपचार गराउँदै आएका थिए । परिवारले सुरक्षा प्रविधि अपनाएर शवकाे आजै सतगत गरेका छन् ।





