बारपाक, गाेरखा । जिल्लाकाे बारपाकमा कोरोना संक्रमण बढेपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहितको स्वास्थ्य टोली बारपाक पुगेको छ ।
दुई जना विषेशज्ञ डाक्टर, एक जना मेडिकल अधिकृत, नर्सिङ स्टाफ, एक जना मनोसामाजिक परामर्शकर्ता र एक जना जनस्वास्थ्य अधिकृत सहितको टोली प्रदेशबाट बारपाक पुगेको हाे ।
बारपाक सुलिकाेट गाउँपालिकामा रहेका स्वास्थ्यकर्मीहरुकाे टाेलि हप्तादिन देखि बारपाकमा बसेर स्वास्थ्य सेवा प्रदान गरिरहेकाे छ । जिल्ला स्वास्थ्य कार्यालय गाेरखाकाे एक टाेलि समेत त्यस तर्फ गएकाे प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।






