चार विद्यार्थि सङ्गठनद्वारा गाेरखामा असँवैधानिक हर्कतकाे विराेध

बुधबार, असार १६, २०७८
0
270

असार १६, गोरखा । प्रतिनिधिसभा विघटन र सरकारका विभिन्न असंवैधानिक हर्कतको विरोधका गरेका छन् । प्रतिनिधिसभा विघटन र सरकारका विभिन्न असंवैधानिक कदमको विरोधका लागि भन्दै गोरखा सदरमुकाममा आज नेविसंघ, अखिल क्रान्तिकारी,  अनेरास्ववियू, जसपा निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले मशाल जुलुश सहित प्रदर्शन गरेका हुन् ।

बसपार्कबाट मशाल जुलुश सहित प्रदर्शनकारी हरमटारी चोक पुगेका थिए । उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको मिलमतोमा भएको प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनुपर्ने, जातीय छुवाछुतको ब्यवहार गर्नेलाई संरक्षण गर्ने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही हुनुपर्ने लगायतका माग गरेका छन्

विद्यार्थिहरुले हरमटारी चोकमा पुत्लादहन प्रयास गरेका थिए । विरोध प्रदर्शनपछिको कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य आरके भट्ट, नेविसंघका सभापति सुवास अधिकारी, अनेरास्ववियूका सचिन भट्टराईले मन्तब्य व्यक्त गरेका थिए । विद्यार्थि नेताहरुले देशलाइ कुरीति र विकृतिर लैजानेहरुलाइ राष्ट्र प्रमुख मान्न नसकिने बताएका थिए । छुवाछुत जस्ताे अमानवीय क्रियाकलापलाइ सँरक्षण गर्ने मन्त्री र प्रधानमन्त्रीबाट आम विद्यार्थिहरुले के सिक्ने भन्दै प्रश्न समेत गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here