नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाद्वारा स्वास्थ्य सामग्री प्रदान

बुधबार, जेष्ठ १९, २०७८
0
299

गाेरखा । नेपाल रेडक्रस साेसाइटी गाेरखा जिल्ला शाखाले जिल्लाकाे बारपाक र साैरपानीमा स्वास्थ्य सामग्री प्रदान गरेकाे छ । जिल्लाकाे बारपाकमा ६० थान स्वास्थ्य किट, ३ हजार थान मास्क , १२ लिटर स्यानीटाइजर ,३० थान त्रिपाल, १० लिटर क्लाेरिन,५० थान कम्मल प्रदान गरेकाे हाे ।

आइसाेलेशन निर्माण र प्रकाेपमा परेका समयका लागि वितरण गर्ने प्रयाेजनका लागि  वडा अध्यक्षकाे राेहवरमा उपशाखालाइ सामग्री प्रदान गरिएकाे शाखाका मन्त्री राजेन्द्र न्याैपानेले बताए ।

बारपाक सुलिकाेटकाे साैरपानीमा २० थान स्वास्थ्य किट,दुइ हजार थान मास्क, चार लिटर स्यानीटाइजर, २० थान त्रिपाल प्रदान गरिएकाे उनले बताए । वडा अध्यक्ष सहितका  जनप्रतिनिधिहरुकाे राेहवर सामग्री प्रदान गरिएकाे उनले बताए । शाखामा रहेका २५ वटै उपशाखामा पुगेर अत्यावश्यक सामग्री प्रदान गरिने मन्त्री न्याैपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here