गाेरखा । जिल्लाकाे गण्डकि गाउँपालिका जाेड्ने पुल निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ । पुलकाे आज गण्डकी गाउँपालिका अध्यक्ष हाेम बहादुर रानाले अनुगमन गरेका छन् ।
वर्षात अघि नै असारमा सञ्चालनमा ल्याउने गरी काम भइरहेकाे उनले बताए । चितवन जिल्लाकाे इच्छाकामना गाउँपालिका स्थिल फिस्लिङ र गाेरखाकाे भूम्लीचाेक जाेड्ने त्रिशुल नदि माथिकाे उक्त पुल विगत चार वर्षदेखि निर्माण भइरहेकाे छ ।






